काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी - Pyuthan Online
श्रावण ९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

काठमाण्डौ – दुर्गा प्रसाईं नेतृत्वमा हिजो काठमाण्डौको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको ज्यान गएको छ ।

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा परेर ज्यान गएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत गाडीमा तोडफोड गरेका थिए ।

तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् । यसैगरी नौ वटा सरकारी गाडी, छ वटा सरकारी वा निजी नखुलेका गाडीमा आगजनी भएको छ ।

विभिन्न १४ ठाउँमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक ठाउँमा लुटपाट भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।