पत्रकार हत्याको दोषीलाई कार्वाही गर्न पत्रकार महासंघको माग - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पत्रकार हत्याको दोषीलाई कार्वाही गर्न पत्रकार महासंघको माग 

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १८ गते २०८१

प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठान शाखाले पत्रकार हत्या, सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा सरकारलाई ज्ञापनपत्र पठाएको छ ।

गएको शुक्रवार काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरुकाे अान्दाेलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या विरोधसहित संञ्चारगृह माथि भएको अाक्रमण विरुद्ध  विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत महासंघले मंगलबार ज्ञापनपत्र पठाएको हो ।

राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको, अन्नपूर्ण पोस्ट दैनिकको भवनमा आगजनी तथा तोडफोड गरिएको, कान्तिपुर टेलिभिजन र हिमालयन टेलिभिजनमा क्षति पु¥याइनुका साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी उनको खुट्टा भाँचिएकोलगायत घटनाहरू भएका थिए । महासंघले यस्तो घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा पत्रकार  रजकका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्ने, सञ्चार माध्यममा भएको तोड्फोडको क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने, त्यस समयमा सूचना संकलनका क्रममा अन्य पत्रकारहरु पनि घाइते भएको भन्दै उनीहरुको उपचार व्यवस्था गरिनुपर्नेलगायतका माग गरिएको छ । पत्रकारहरुको हत्या हुनु, पत्रकारमाथि र सञ्चारमाध्यमहरुमाथि आक्रमण हुने निन्दनीय कार्य भएको भन्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न महासङ्घले सरकारसँग माग गरेको छ । आफ्ना मागहरु एक साताभित्र सम्बोधन नभए सरकारविरुद्ध चरणवद्ध आन्दोलन गर्न वाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नेपाल पत्रकार मसहासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी,सचिव बासुदेव गिरी सहितको पत्रकारहरुको टोलीले ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीलाई बुझाएको थियो । ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी आचार्यले घटना दु:खद भएको भन्दै ज्ञापनपत्रलाई सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता जनाउनुभयाे ।