आधुनिक मेसिनद्वारा प्यूठानमा धान रोपाइ - Pyuthan Online
असार १५ गते २०८२

आधुनिक मेसिनद्वारा प्यूठानमा धान रोपाइ

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १८ गते २०८२

प्युठान । प्युठानमा आधुनिक मेसिनद्वारा धान रोपाइ गरिएको छ। बुधबार प्युठान नगरपालिका ९ मरन्ठानामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ प्युठानको सहजीकरणमा चैते धान रोपाइँ गर्न मेसिनको प्रयोग गरिएको हो ।

प्यूठानमा पहिलो पटक सानो आकारको मेसिन प्रयोग गरि धान रोपाइ गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय इकाइ प्यूठानका प्रमुख चुमान शिहं गिरीले जानकारी दिए । परम्परागत रुपमा गरिदै आएको धान खेतीलाई नयाँ प्रविधिसँग जोड्दै बढ्दो मानवीय श्रमको लागतलाई कम गदै समयको बचत गरी उत्पादन वृद्धिमा जोड दिने उद्देश्यले मेसिन प्रयोग गरिएको गिरीले बताए ।

मेसिनबाट प्रतिघण्टा ५ रोपनी क्षेत्रफलमा धान रोप्न सकिने कार्यालयले जनाएको छ । जिल्लामा ६५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । यस बर्ष ३५ सय रोपनीमा चैते धान खेती गरिने कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु