प्रेस सेन्टर नेपाल, प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र - Pyuthan Online
असार २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्रेस सेन्टर नेपाल, प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २८ गते २०८२

प्यूठान । प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेशागत हक–हित तथा सञ्चार क्षेत्रको मागहरू सम्बोधन गर्न माग गर्दै प्रेस सेन्टर नेपाल, जिल्ला समिति प्यूठानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय प्युठानको कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई १२ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

प्रेसमैत्री कानुन निर्माण, समानुपातिक विज्ञापन वितरण प्रणाली कार्यान्वयन, पत्रकार स्वास्थ्य तथा जीवन बीमा, सञ्चार सामग्रीमा भन्सार छुट, सञ्चार उपकरणको विमा, स्थानीय तहमा विज्ञापन वितरण कार्यविधि निर्माण, सूचना हकको प्रभावकारी कार्यान्वयन र पत्रकारमाथि भइरहेका आक्रमण तथा धम्कीको अन्त्य गरी पत्रकार सुरक्षाको प्रत्याभूति गराउने लगायतका माग सहित १२ बुँदे ज्ञापनपत्र बुझाइएको जिल्ल अध्यक्ष यादव पौडेलले जानकारी दिए ।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य एवम् प्रेस सेन्टर नेपालका नेता सुशील पोखरेल,प्रेस सेन्टर नेपालका निवर्तमान लेखा समिति संयोजक तुफान अधिकारी, लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश वैध, जिल्ला सचिव केशर सुनार र जिल्ला सदस्य सुबास श्रेष्ठको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाईएको पौडेलले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले पत्रकारका हक–हित तथा जायज मागहरू सम्बन्धित निकायमा पठाउने र जिल्लाका सरोकारवाला निकायहरूसँग समन्वय गरी कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता गरे ।
प्रजिअ नेपाल मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौं, गृह मन्त्रालय सिंहदरबार काठमाडौं, विज्ञापन वोर्ड काठमाण्डौ लगायत अन्य सम्बन्धित निकायलाई वोधार्थ राखेर १२ बुँदे ज्ञापन पत्र बुझाइएको छ ।

सम्वन्धित समाचारहरु