चैत्र २२ गते २०८१
ब्रेकिङ न्यूज
दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी

दलित परिवारको घर भत्काएको घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ८ गते २०८१

प्यूठान अन्लाई न्यूज डेक्स । महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएको घटनामा सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । उनीहरुसँग सोधपुछ गर्ने काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी र औरही– ५ का पूर्ववडाध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमारको उपस्थितिमा दीपक मल्लिक डोमको घर भत्काएको आरोप छ ।

महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो । दलित परिवारलाई बस्नको लागि अलग्गै टहरो बनाइएको छ ।

३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा पाँच वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गएको फागुन १० गते गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो ।

सम्वन्धित समाचारहरु

हाम्रो बारेमा

द्रुत लिङ्कहरू

कम्पनी

सम्पर्क

© 2025 सर्वाधिकार सुरक्षित।