काठमाडौंमा पाकेटमार गर्ने गिरोहका ७ जना पक्राउ, २७१ थान मोबाइल बरामद - Pyuthan Online
फागुन ४ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

काठमाडौंमा पाकेटमार गर्ने गिरोहका ७ जना पक्राउ, २७१ थान मोबाइल बरामद

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ८ गते २०८१

प्यूठान अन्लाई न्यूज डेक्स ।काठमाडौं प्रहरीले चोरीको २७१ थान मोबाइल, ल्यापटप तथा ट्याबसहित सात जनालाई पक्राउ गरेको छ।

काठमाडौंमा गुड्ने सार्वजनिक सवारी साधनहरुमा पाकेटमार गर्ने तथा चोरी गर्ने सात जनालाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा काभ्रेको बेथानचोक गाउँपालिका-५ घर भई ललितपुको सानागाउँ बस्ने ३५ वर्षीय प्रमोद परियार, खानीखोला गाउँपालिका-५ स्थायी घर भई हाल भक्तपुरको ठिमी बस्ने २६ वर्षीय गुनराज न्यौपाने छन्।

त्यस्तै रौतहटको चन्द्रनिगाहपुर घर भई भक्तपुरको ठिमी बस्ने ३० वर्षीय  हेमन्त राना मगर, दोलखाको सैलुङ गाउँपालिका-६ स्थायी घर भई भक्तपुरको जगाती बस्ने २८ वर्षीय शम्भु विश्वकर्मा, जिल्ला सिन्धुपाल्चोकको मेलम्ची न.पा. ११ स्थायी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २२ को राजेश चालिसे,  

दोलखा, कालिन्चोक गाउँपालकि- ५ स्थायी घर भई काठमाडौंको चावाहिल बस्ने वर्ष २१ को सबिन पाण्डे  र काठमाडौंको सिनामंगल स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने वर्ष २० को प्रकाश कट्‌वाल छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार चैत ७ गते  बेलुका ६ बजे ठिमीबाट कोटेश्वरबाट आउँदै गरेको एउटा गाडीमा एकजनाले पाकेट मारेर भागेको सूचनापश्चात तत्काल परिचालित भएको प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरी बाँकीलाई पक्राउ गरेको हो।  

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले चोरी गरेको मोबाइल भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको भन्ने खुल्न आएको एसपी बोहराले जानकारी दिए।

सोही मोबाइल रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखेको अवस्थामा विभिन्न कम्पनीका २७१ थान मोबाइल, ट्याव ९ थान र ल्यापटप १५ थान बरामद गरिएको उनले बताए।

रिपेयरिङ सेन्टरका सञ्चालकसहित सात जनालाई शुक्रबार परिसरले सार्वजनिक गरेको थियो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए।

सम्वन्धित समाचारहरु