२४ अर्ब राजस्व लक्ष्य राखेको चीन नाका ठप्प भए, तत्काल खुलाउँ ः माधव सापकोटा - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

२४ अर्ब राजस्व लक्ष्य राखेको चीन नाका ठप्प भए, तत्काल खुलाउँ ः माधव सापकोटा

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १३ गते २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उत्तरतर्फबाट सीमा नाका तत्काल सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

चीन जोडिने सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोका कारण अवरुद्ध रहेको बताउँदै चाडों सुचारु गराउन ध्यानाकर्षण गराएका हुन् ।तातोपानी नाका जाने अरनिको राजमार्ग पछिल्लो २९ दिनदेखि अवरुद्ध रहेको भन्दै उनले यसले मुलुकको राजस्वमै असर पर्ने बताए ।

‘एउटा पहिरोका कारण वार्षिक २४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको उत्तरतर्फको दुवै वटा नाका बन्द छन्, यसले चाडबाडको मुखमा हामी छौं,’ उनले भने, ‘यसले बजार भाउ अपत्यारिलो ढंगबाट आकासिने सम्भावना बढेर गएको छ तर, सरकार नियमित काम जस्तो सामान्य एउटा मेसिन लगाएर इको पहिरोमा खेलिराखेको छ ।’