छोराको फिल्म फ्लप हुँदा आमिरले भने– राम्रो भयो - Pyuthan Online
भाद्र २७ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

छोराको फिल्म फ्लप हुँदा आमिरले भने– राम्रो भयो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन डेक्स । बलिउडका मिस्टर पर्फेक्शनिष्ट आमिर खानका छोरा जुनैद खानले नेटफ्लिक्स फिल्म ‘महाराज’ बाट अभिनयमा डेब्यू गरेका थिए । पहिलो फिल्ममा उनको अभिनयको अत्यधिक प्रशंसा भयो । तर हालै आएको उनको नयाँ फिल्म ‘लभयापा’ बक्स अफिसमा फ्लप भयो । तर लभयापाको असफलताप्रति आमिर खुसी छन् । यो असफलताले जुनैदलाई आफ्नो करियरमा धेरै कुरा सिक्न मद्दत गर्ने उनको भनाइ थियो । ‘जुनैदले यसबाट पाठ सिकेर अगाडि बढ्नु जरुरी छ,’ उनले भने । 

‘राम्रो भयो,’ इन्स्ट्यान्ट बलिउडसँग कुरा गर्ने क्रममा लभयापाको असफलताको बारेमा आमिर खानले भने । करियरको सुरुवाती चुनौतीहरू व्यक्तिको विकासमा महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।  ‘मलाई लाग्छ उनी राम्रो गरिरहेका छन् र उसले सिकिरहनेछ’ अझ अगाडि आमिरले भनेका छन् । ‘जुनैद खानले पछिल्ला केही वर्षहरूमा धेरै कुरा सिकेका छन्,’ आफ्नो छोराको करियर बारेमा कुरा गर्दै अभिनेताले भने । 

जुनैद आफ्ना पात्रहरूमा पूर्ण रूपमा डुब्ने भन्दै उनले आफ्नो छोराको कडा परिश्रम र प्रतिभाको प्रशंसा पनि गरे । जुनैदले बलियो सुरुवात गरेको अनि आफ्नो एउटा विशेषतामा ध्यान केन्द्रित गरेको उनले छोराको सराहना पनि गरे । ‘ऊ आफ्ना पात्रहरूमा पूर्ण रूपमा डुब्छ । महाराज हेर्दा मलाई लाग्यो कि जुनैद त्यो पात्र बनिसकेका छन् । लभयापामा उनी गौरवको भूमिकामा पूरै ढलेका थिए’ आमिरले भने । 

आफूजस्तै जुनैद पनि नाच्नमा कमजोर भएको अनि झट्ट मानिसहरूलाई भेट्न हिचकिचाउने पनि आमिरले बताए । अभिनेताका अनुसार उनका छोरा जुनैदलाई मिडियासँग कुरा गर्न धेरै गाह्रो हुन्छ । आमिरलाई आफ्नो छोराको क्षमतामा पूर्ण विश्वास छ । करियरको सुरुवातमा सामना गर्ने अवरोधहरूले व्यक्तिलाई अगाडि बढ्न प्रेरित गर्ने उनी बताउँछन् । 

सम्वन्धित समाचारहरु