काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । आन्दोलन मुल समितिको आज बसेको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो । लिङदेनका अनुसार, राप्रपा आजैबाट आन्दोलनमा होमिएको छ । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा जुन समूहले शान्तिपूर्ण आन्दोलन गरे पनि त्यसलाई समर्थन जनाउने निस्कर्ष निकालेको छ ।
‘राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि शान्तिपूर्ण हामी समर्थन गछौ ।’ लङ्देनले भन्नुभयो । त्यस्तै, विसं २०८२ साल वैशाख ७ गतेबाट निरन्तर रुपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।