४७ वटा विषालु सर्प सहित भारतमा एकजना पक्राउ - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

४७ वटा विषालु सर्प सहित भारतमा एकजना पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १९ गते २०८२

१९ जेठ ।  भारतीय अधिकारीहरूले विषालु सर्पलगायत दर्जनौँ दुर्लभ सरिसृप देशभित्र तस्करी गरेर ल्याउन लागेको अभियोगमा एकजना पुरुषलाई पक्राउ गरेका छन्। इल्यान्डबाट फर्कँदै गरेका ती भारतीय नागरिकलाई आईतवार मुम्बई सहरको विमानस्थलमा भन्सार अधिकृतहरूले समातेका थिए। अधिकारीहरूका अनुसार ४७ विषालु सर्प सहितका ती जन्तु उक्त पुरुषको लगेजमा फेला परेको थियो।

भारतका वन्यजन्तु संरक्षणसम्बन्धी विभिन्न कानुन अन्तर्गत ती जीवलाई सरकारले नियन्त्रणमा लिएको छ। ती यात्रुको पहिचान खुलाइएको छैन र उनलाई उनलाई हिरासतमा राखिएको छ। उनले पक्राउसम्बन्धी कुनै टिप्पणी गरेका छैनन्।

एउटा ठूलो प्लेटमा रङ्गीचङ्गी सर्पहरू घुमिरहेको फोटोलाई भन्सार अधिकारीहरूले सामाजिक सञ्जाल एक्समा राखिदिएका छन्। उनीहरूले गरेको पोस्टमा तीनवटा स्पाइडर–टेल्ड हन्र्ड भाइपर, पाँचवटा एसियन लीफ टर्टल तथा ४४ इन्डोनेसियन पिट भाइपर सर्प ती यात्रुको साथबाट कब्जा गरिएको उल्लेख छ। ती जन्तु कहाँबाट ल्याइएका हुन् भन्ने प्रस्ट छैन

सम्वन्धित समाचारहरु