चकचकेमा असोज २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदै - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

चकचकेमा असोज २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदै

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २४ गते २०८२

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका ५ चकचकेमा २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। चकचके युवा क्लबले आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा चकचके कोल्वट स्थित खेल मैदानमा हुन लागेको क्लवका अध्यक्ष डम्बर बहादुर खड्काले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । यस खुल्ला भलिबल प्रतियोगितामा पुरुष र महिलाको समूहले भाग लिन सक्ने अध्यक्ष खड्काले बताउनुभयो ।

खुल्ला पुरुष भलिबल प्रतियोगिताम प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ रुपैंया, द्वतीय हुनेले ३३ हजार ३ सय ३३ रुपैंयाँ, तृतीय हुनेले २२ हजार २ सय २२ रुपैंयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। दर्ता शुल्क भने ३ हजार ५ सय रहेको छ । त्यस्तै महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले २२ हजार २ सय २२ रुपियाँ, द्वितीय हुनेले १५ हजार ५ सय ५५ रुपैंयाँ, तृतीय हुनेले ११ हजार १ सय ११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने युवा क्लवका आर्थिक संयोजक सरद बस्नेतले जानकारी दिनुभयो ।

दर्ता शुल्क भने १ हजार ५ सय रहने छ। महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिताको दर्ता मिति आज शुक्रबार साँझ ५ बजे सम्म रहेको आयोजकले जनाएको छ। यस खेलकुद प्रतियोगीता असोज १९ देखी २१ गते सम्म राखिएको समयमा देशभर मौसम प्रतिकुलको कारण सारीएको हो ।

सम्वन्धित समाचारहरु