ब्रेकिङ न्यूज - Pyuthan Online - Page 13
मंसिर ३ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज कार्तिक २७ गते २०८२

भिंगृमा लालपुर्जा सहति महत्वपुर्ण कागजपत्र फेलाः पौडेलद्वारा लिन आग्रह

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ • प्युठान अनलाईन

प्यूठानमा एक बेवारीसे अवस्थामा शव फेला

प्यूठान । प्यूठानमा एक बेवारीसे अवस्थामा सडेको शव फेला परेको छ । बुधबार जिल्लाको झिमरुक गाउँपालिका ५ ढाँडामा झिमरुक नदिको किनारा एक महिलाको सडेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।शव फेला भने साझँ ६ बजेको भेटिएको हो । थप अनुसन्धानको लागी घटनास्थलमा पुगेको छ । थप विवरण आउन बाकी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ • प्युठान अनलाईन

जापान जान अनधिकृत कागजात बनाएको आरोपमा कम्प्युटर अपरेटर बर्खास्त

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापानमा आयोजना हुन लागेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन अनधिकृत कागजात बनाएको पाइएपछि आफ्नै कर्मचारीलाई बर्खास्त गरेको छ ।नगरपालिकाले कम्प्युटर अपरेटरमा हालै मात्र नियुक्त सन्जु पौडेललाई बुधबार बसेको नगर प्रमुख स्तरीय बैठकबाट बर्खास्त गर्ने निर्णय गरेको हो । नगरपालिकाको प्रतिनिधित्व गरेर एसिया स्मार्ट सिटी कन्फेरेन्स २०२५ मा सहभागी हुनका लागि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ • प्युठान अनलाईन

स्रोत नखुलेको नगदसहित चार जना पक्राउ

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका २ झनझनेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका २ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चीनियाँ नागरिक ३२ वर्षीय सिओन्ग चांगी रहेका छन् । प्रहरी चौकी झनझनेबाट

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ • प्युठान अनलाईन

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेको अधिकारीहरूले बुधबार जनाएका छन् । आयोगले विज्ञप्ति जारी गर्दै रणतुङ्गालाई सन् २०२१ मा उहाँको कार्यकालमा भएको भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएको बताएको छ । आयोगका अनुसार यो मामिलामा पर्यटन मन्त्रालय अन्तर्गतका चार संस्थाका लागि नयाँ बिमा योजना

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ • प्युठान अनलाईन

एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउँछन्ः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा ९एमाले० छाडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने बताएका छन् । आज बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले एमालेका सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने विश्वास व्यक्त गरेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावा कुरा गर्ने गरेको पनि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २५ गते २०८२ • प्युठान अनलाईन

आज सुनको भाउ ४ हजार ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौं । आज एकैदिन सुनको भाउ तोलामा चार हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा चार हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँ थियो । यस्तै,

पुरा पढ्नुहो
बिश्व
कार्तिक १९ गते २०८२ • प्युठान अनलाईन

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, सातजनाको मृत्यु

काठमाडौं । अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा युपीएस कार्गो विमान दुर्घटना हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ। दुर्घटनाको क्रममा विमानमा आगो लागेको थियो। दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको जनाइएको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। वरपरका क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न सल्लाह दिइएको छ। दुर्घटनाग्रस्त विमानमा ३८ हजार ग्यालन इन्धन थियो। विस्फोटपछि

पुरा पढ्नुहो
बिश्व
कार्तिक १७ गते २०८२ • प्युठान अनलाईन

बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गयो

भारतमा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । तेलङ्गनाको रङ्गा रेड्डी जिल्लामा बिहान बस र यात्रुबाहक ट्रक ठोक्किएका बीबीसी हिन्दीले जनाएको छ । तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि

पुरा पढ्नुहो
बिबिध
कार्तिक १७ गते २०८२ • प्युठान अनलाईन

दैनिक एक हजार मात्र राहदानी वितरण गरिने

काठमाडौँ । राहदानी विभागले दैनिक एक हजार राहदानी वितरण गर्ने जानकारी दिएको छ । विभागले आजदेखि साँझ ५ बजे दैनिक सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक एक हजारलाई अपोइन्टमेन्ट स्लटहरू खोल्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग २०८२ साउन महिनामा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौता अनुसार आगामी २०८२

पुरा पढ्नुहो