दाङको घोराहीमा पेस्तोल सहित एक युवक पक्राउ
२५ असार । दाङमा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका– ३ फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका–१५ विपि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ । लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका बिकसंग हतियार रहेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो । वडा