सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो - Pyuthan Online
असार १५ गते २०८२

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८१

काठमाण्डौं,१७ चैत । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ थियो ।