परीक्षाको महिनामा आन्दोलनै आन्दोलन, सबै जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

परीक्षाको महिनामा आन्दोलनै आन्दोलन, सबै जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १४ गते २०८१

१५ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ ।

‘सबै कक्षाको वार्षिक परीक्षाको महिना हो ।शैक्षिक सत्रको अन्तिम महिनामा छौँ । परीक्षा र नतिजा सार्वजनिक गर्ने महिना हो’, शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।

तर, विभिन्न समूहले आन्दोलन घोषणा गरेका छन् । यसले विद्यार्थीको परीक्षामा प्रभावित पर्न सक्ने भन्दै अभिभावक चिन्तित भएका छन् । विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत छन् । विद्यार्थीको परीक्षाको समयमा भइ रहेको आन्दोलनले गम्भीर बनाएको मन्त्रालयले जनाएको छ ।

‘विद्यार्थीको भविस्य बनाउने समय हो । परीक्षा छुटेमा फेरि विद्यार्थीले जाँच दिन पाउने व्यवस्था छैन ।एक वर्ष लस हुन्छ’, प्रवक्ता सापकोटाले भने, ‘परीक्षाको समयमा सबै जिम्मेवार र सजग भएर प्रस्तुत हुनुहुन्छ भन्ने अपेक्षा छ ।’

मन्त्रालयले विद्यार्थीको परीक्षा प्रभावित हुनेगरि कुनै गतिविधि नहुने अपेक्षा लिएको छ ।काठमाडौंमा आज गणतन्त्रवादी र राजतन्त्रवादीको छुट्टाछुट्टै आन्दोलन छ । यद्यपि, समाजवादी मोर्चको आन्दोलन भने एसईईका कारण १२ बजेपछि मात्र गर्ने निर्णय गरेको छ ।

आन्दोलनका कारण केही विद्यालय बन्द समेत गरिएको छ । आन्दोलन हुने क्षेत्रका केही निजी विद्यालयले सूचना निकालेर बन्द हुने जनाएका छन् ।

काठमाडौंको प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् । प्रदर्शनका कारण सवारी आवागमन र सुरक्षामा समेत असर पर्नसक्ने भन्दै केही विद्यालयहरूले बन्द गर्ने निर्णय गरेका हुन् ।

तर, प्याब्सन र एनप्याब्सनले भने आधिकारिक रूपमा शैक्षिक संस्था बन्दको कुनै निर्णय नभएको जनाएका छन् ।

सरकारले परीक्षाको लागि सुरक्षा व्यवस्था गरेको जनाएको छ । शिक्षा मन्त्री विद्या भट्टराईले गृह मन्त्रालय र शिक्षा मन्त्रालयले समन्वय गरेर सुरक्षाको व्यवस्था मिलाएको बताएकी छिन् । ‘गृहसँग कुरा गरेका छौँ । सुरक्षाको वयवस्था मिलाएको छ । विद्यार्थीले ढुक्कसँग परीक्षा दिने वातावरण सबैले बनाउनु पर्छ’, उनले भनिन्