औषधीय गुणले भरिपूर्ण दालचिनी, धेरै खानु हानिकारक - Pyuthan Online
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

औषधीय गुणले भरिपूर्ण दालचिनी, धेरै खानु हानिकारक

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन डेक्स ।दालचिनी हाम्रो भान्सामा सहजै उपलब्ध हुने मसला हो । मासु वा तरकारीको स्वाद बढाउन होस् वा चियाको, दालचिनी सबैमा उपयोगी हुन्छ । यसको आफ्नै मिठो स्वाद हुन्छ । साथसाथै बास्ना पनि । तर, स्वादका लागि मात्र नभई दालचिनी विभिन्न रोगका लागि घरेलु उपचारको औषधि पनि हो ।

नेपालमा रूखको पातलाई तेजपात र बोक्रालाई दालचिनी भन्ने गरे पनि यसका थुप्रै प्रजाति रहेको वनस्पति विज्ञ मित्र पाठक बताउँछन् । उनका अनुसार विशेषतः भारतमा दालचिनी भनेको फरक प्रजाति, सिनामम्मम् भेरम (पर्यायवाची सिनामम्मम् जेलेनिकम) हो भन्ने मान्यता छ ।

‘फरक–फरक देशमा दालचिनीलाई फरक–फरक नामले चिनिन्छ’ पाठक भन्छन्, ‘जस्तो सिलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी ।’ दालचिनीमा धेरै प्रकारका पोषकतत्व हुने कन्सल्टेन्ट आयुर्वेदिक चिकित्सक डा. विसुनदयाल प्रसाद पटेलले जानकारी दिए ।

पटेलका अनुसार दालचिनीमा भिटामिन ए, भिटामिन बी, क्याल्सियम, आइरन, म्याग्नेसियम र फाइबर हुन्छ ।  साथै दालचिनीमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट तत्व समेत पाइने उनको भनाइ छ ।

‘दालचिनीको सेवन मस्तिष्कको क्षमता बढाउन वा स्मरण शक्ति बलियो बनाउन उपयोगी हुन्छ’ डा.पटेल भन्छन्, ‘ब्लड सुगर नियन्त्रण गर्न समेत दालचिनी उपयोगी हुन्छ ।’

सम्वन्धित समाचारहरु