प्यूठानमा स्ववियु चुनाव : संयुक्त प्यानल २ र अनेरास्ववियु १ क्याम्पसमा विजयी - Pyuthan Online
भाद्र ९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्यूठानमा स्ववियु चुनाव : संयुक्त प्यानल २ र अनेरास्ववियु १ क्याम्पसमा विजयी

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स । जिल्लाका ३ वटा क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम सार्वजनिक भएको छ। जिल्लाका पाँच क्याम्पसमध्ये झिमरुक क्याम्पस बाग्दुलामा अखिल समाजवादीका कमल रोका क्षेत्रीको नेतृत्व सर्वसहमत चयन गरिएको थियो भने, स्वर्गद्वारी क्याम्पसको निर्वाचन स्थगित गरिएको छ।
जिल्लाको गौमुखी र प्यूठान क्याम्पसमा संयुक्त प्यानल र अमर क्याम्पस भिङ्रीमा अनेरास्ववियुले विजयी हासिल गरेको छ।
अमर क्याम्पस भिङ्रीको स्ववियु निर्वाचनमा चार संगठनको गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले निकट अनेरास्ववियुका जीवन रोका मगर स्ववियु सभापती पदमा विजयी भएका छन्। उनले नेपाल विद्यार्थी संघका उम्मेदवार राजेस बुढाथोकीलाई ३ मतको अन्तरले पराजित गरे। जीवनले १२१ मत प्राप्त गरे भने राजेसले ११८ मत पाए। कुल ३६० मतदाता रहेकोमा यहाँ २४५ मत मात्र खसेको थियो।
प्यूठान क्याम्पस खलंगामा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका प्रमोद ओली सभापती पदमा विजयी भएका छन्। ओलीले अनेरास्ववियुका रुद्रमणी भुसाललाई १२ मतको अन्तरले पराजित गरे। ओलीले ४६ र भुसालले ३४ मत प्राप्त गरे। १०५ विद्यार्थी मध्ये ८० मत खसेको थियो।
गौमुखी क्याम्पस मच्छीमा पनि संयुक्त प्यानलबाट राष्टिय जनमोर्चा निकट अखिल छैठोका प्रविण जिसी सभापती पदमा विजयी भएका छन्। उनले अनेरास्ववियुकी स्नेहा केसीलाई ७३ मतको अन्तरले हराए। कूल २४१ मतमध्ये २३८ मत सदर र ३ मत बदर भएका थिए।
प्युठानमा एमाले सम्बद्ध अनेरास्ववियु एक्लै चुनावमा होमिएको थियो।

सम्वन्धित समाचारहरु