प्यूठान । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेड भिगृ शाखा लिमिटेडले संस्थामा आवद्ध रहेका सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
आईतबार स्वर्गद्वारी नगरपालिका ४ भिगृमा रहेको सुर्योदय लघुवित्त वित्तिय संस्था लिमिटेडको आयोजनामा एक कार्यक्रमका विच सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम गरिएको हो ।
कार्यक्रममा दैनिक जीवनमा पैसा तथा सम्पतिको कसरी राम्रो व्यवसथन तथा आम्दानीलाई बचत गर्ने ,खर्च कसरी कटौटी गर्ने, ऋण लिई सकेपछि सही ठाउँमा कसरी लाउने , जिवनमा आवश्यक हुने विमाको सम्बन्धि जानकारी दाखाक्वाडी स्ट्रेशनको अनुगमन अधिकृत हरिराम चौधरीले सहजिकरण गरेका थिए ।
त्यस्तै कार्यक्रमको प्रमुख अथिति रहेका स्वर्गद्वारी नगरपालिका ३ का वडा अध्यक्ष कृष्ण बहादुर रोकायले जीबनमा कति कमाउने भन्ने भन्दा पनि कमाएको पैसा कति बचत गरेको छ भन्ने महत्वपूर्ण रहेको बताएका थिए । तपाईले संस्थाबाट लिएको ऋण जुन विषयमा लिनुहुन्छ त्यहि विषयमा लगानी लगाउन वडा अध्यक्ष रोकायले आग्रह समेत गरेका थिए ।
त्यस्तै कार्यक्रममा शाखा अधिकृत विमल न्यूपानेले लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्रबाट ’घ’ वर्गमा मान्यता पाएको संस्था बताउदै ग्रामिण भेगमा रहेका विपन्न तथा महिलाहरुको आर्थिक स्त्तोरउन्नती गराउनु र बचत गर्नु जीवनमा आवश्यक रहेको चेतनाको विकास गर्नु हाम्रो लक्ष्य रहेको बताएका थिए । यस लघुवित्त मार्फत महिलाहरुलाई सिपमुलक तालिमहरु दिएर आत्मनिर्भर गर्न समेत सहयोग गरेको शाखा अधिकृत न्यूपानेले बताए ।
कार्यकम्रमा लघुवित्त संस्थाका सदस्यको छोराछोरीहरु शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक लिई पास गरेकालाई नगद सहित सम्मन गरिएको हो । साथै कार्यक्रममा आएका अथितिहरुलाई चिनो समेत हस्तान्तरण गरिएको थियो
हिरा विष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जनप्रतिनिधि ,पत्रकार , सुरक्षाकर्मी सदस्यहरु र कर्मचारीहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन शाखाको सहायक व्यवस्थापक प्रविन बस्नेतले गरेका हुन ।