लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १० गते २०८३

काठमाण्डौ – लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो ३ दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो । साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

पर्सि शुक्रवारसम्म कैलालीको धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र बाँकेको नेपालगञ्ज तथा रुपन्देहीको भैरहवामा तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ । सुर्खेतको वीरेन्द्रनगर र दाङ घोराहीको तापक्रम पनि बढ्नेछ ।

ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ ।

सम्वन्धित समाचारहरु