लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो - Pyuthan Online
कार्तिक ७ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १० गते २०८३

काठमाण्डौ – लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो ३ दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो । साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

पर्सि शुक्रवारसम्म कैलालीको धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र बाँकेको नेपालगञ्ज तथा रुपन्देहीको भैरहवामा तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ । सुर्खेतको वीरेन्द्रनगर र दाङ घोराहीको तापक्रम पनि बढ्नेछ ।

ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ ।

सम्वन्धित समाचारहरु