एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर ११ गते २०८२

काठमाण्डौ – नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

तीनवटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । तीनमध्ये दुईमा हार बेहोरेको लुम्बिनी तालिकाको छैटौं स्थानमा छ । एनपीएलको पहिलो सिजनमा यी दुई टोलीबीच एउटा खेल भएकोमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो ।

यस्तै दिउँसो ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् । दुई खेल खेलेकोमा दुबै हार बेहोरेको जनकपुर तालिकाको सातौं स्थानमा छ । यस्तै दुईमध्ये दुबै खेल हारेको पोखरा तालिकाको पुछारमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।

यसैबीच आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सका खेलाडी सामाजिक सन्देश सहितको जर्सी लगाएर मैदानमा जाने भएका छन् । जनकपुरको टोलीले ‘आमाको सम्मान’ स्वरुप गुलाबी रंगको जर्सी लगाउनेछ भने पोखराको टोलीले जलवायु परिवर्तनको चेतना जगाउने सन्देश बोकेको हरियो जर्सी लगाउनेछ ।

जनकपुरका सबै खेलाडीको जर्सीपछाडि उनीहरूको आमाको नाम हुनेछ । पोखराले गएको वर्ष पनि विश्वव्यापी तापमान वृद्धिको मुद्दा उठाउँदै आफ्नो जर्सीको अगाडिको भागमा ‘ग्लेसियर म्याटर्स’ लगाएर खेलेको थियो ।

सम्वन्धित समाचारहरु