हिजोअस्तिको तुलनामा पानी कम पर्ने - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

 हिजोअस्तिको तुलनामा पानी कम पर्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ८ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।

अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि सबै प्रदेशका पहाडी क्षेत्रमा रहेका केही ठाउँमा  मेघगर्जन,  चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्रमा पनि हावाहुरीसँगै हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

प्रि–मनसुनी प्रणाली थप सक्रिय भएका कारण गएको एक हप्तादेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । यो क्रम अझै केही दिन रहने तर हिजोअस्तिको तुलनामा कम पानी पर्ने मौसमविद् डेभिड ढकालले बताउनुभयो ।