प्यूठान ।स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण प्रसाद कडेल सहित १९ कलाकार आउन लागेका छन । जिल्लाको प्रमुख धार्मिक स्थल स्वर्गद्वारी मन्दिरको दर्शन गर्न र यस स्वर्गद्वारी नगरपालिकाको विभिन्न पर्यटक ठाउँहरुमा भ्रमण सँगै सास्कृतिकहरु पस्कन आउन लागेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
आउने कलाकारहरुमा चर्चित लोक दोहोरी ईन्दे्रणी कार्यक्रमका सञ्चालक कृष्ण प्रसाद कडेल , छत्र बहादुर साही , रमेश प्रसाई , मनमाया वाईवा , भुमिका बजगाई , दिपक घिमिरे , श्रीराम अधिकारी सहित १९ जना कलाकारहरु आउन लागेको नगरप्रमुख भण्डारीले बताउनुभयो । कार्यक्रमहरु जेठ १२ गते विहान ८ बजे स्वर्गद्वारीमा स्वर्गद्वारी मन्दिरको दर्शन सहित साङ्गेतीक प्रस्तुती रहने , सोहि दिन दिउसो १ बजे स्वर्गद्वारी नगरपालिका वडा नं. ५ मा रहेको सारी भुवनोटमा कार्यक्रम गर्ने र जेठ १३ गते विहान ८ बजे स्वर्गद्वारी नगरपालिका वडा नं. ८ दहचौरमा रहेको शान्ति पार्कमा कार्यक्रम रहको स्वर्गद्वारी नगरपालिकाले जनाएको छ ।
कलाकार आउदा यहाँको पर्यटकस्थलहरुको देशभरी चिनारी हुनुको साथै पर्यटक आई आर्थिकमा टेवा पुग्ने समेत नगरप्रमुख भण्डारीको भनाई रहेको छ । जिल्लामा रहेका सबै धार्मीकस्थल तथा पर्यटन क्षेत्रहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य भएको समेत भण्डारीले बताउनुभयो ।