७० हजार नयाँ मतदाता थपिए, नाम दर्ता गर्ने ३० कात्तिकसम्म - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

७० हजार नयाँ मतदाता थपिए, नाम दर्ता गर्ने ३० कात्तिकसम्म

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ४ गते २०८२

काठमाडौँ — तिहारको बिदा हुनु अघिल्लो दिनसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । अध्यादेशमार्फत कानुन संशोधन गरेर छुटेका व्यक्तिका लागि अतिरिक्त समय दिइएपछि मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी छ । सरकार तथा निर्वाचन आयोगले यथाशक्य छिटो मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।

निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन थालिएको भनेको थियो । त्यसयता २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका छन् । त्यसमध्ये ४३ हजार १ सय ६५ पुरुष र २७ हजार २ सय ४४ महिला र ६ जना अन्यले नाम दर्ता गराएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । अनुमान गरिएजस्तो नामावली संकलनमा उत्साहजनक सहभगिता नदेखिएको उनले उल्लेख गरे ।

सरकारले मतदाता नामावली ऐन संशोधन गरेर निर्वाचन घोषणा पछाडि पनि मतदाता नामावली संकलनको व्यवस्था गरेको हो । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । निर्वाचन घोषणा भएको मितिबाट मतदाता नामावली संकलन नगरिने कानुनी व्यवस्थालाई सरकारले संशोधन गरेपछि नामावली संकलनको बाटो खुलेको हो । त्यसअनुसार आयोगले ३० कात्तिकसम्म मतदाता सूचीमा नाम दर्ता गराउन सकिने समय दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मताधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा दर्ता हुन आह्वान गरेकी छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले सरकारले निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ तयारी अघि बढाइरहेको भन्दै सबैलाई आफ्नो मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानको अधिकारबाट वञ्चित नरहन आग्रह गरेका छन् । ‘मतदाता नामावलीमा छुटेकाहरूका लागि कानुनमै संशोधन गरेर विशेष व्यवस्था गरिएको छ । यो अवसर उपयोग गर्न चुक्नु भएन,’ उनले भने, ‘नाम दर्ता गराउन, सच्याउन वा एक ठाउँबाट अर्को ठाउँमा नामावली सार्न ३० कात्तिकसम्मको समय छ ।’

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभा विघटन गरिएपछि नयाँ निर्वाचनको घोषणा गरिएको छ । नयाँ निर्वाचनको घोषणा हुँदै गर्दा ठूलो संख्यामा युवाको नाम मतदाता नामावलीमा नरहेको आकलन गरेर कानुनमा संशोधन गरेर विशेष व्यवस्था गरिएको उनले बताए । देशैभरका निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ताको काम भइरहेकाले आफूलाई पायक पर्ने कार्यालय पुगेर नामावली दर्ताको प्रक्रिया पूरा गर्न भण्डारीले आग्रह गरे ।

सम्वन्धित समाचारहरु