पहिरोमा पुरिएर एक्स्काभेटर चालकको ज्यान गयो - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पहिरोमा पुरिएर एक्स्काभेटर चालकको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १३ गते २०८२

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।

जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्स्काभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्स्काभेटर चालक कुमालको शव एक्स्काभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिनुभयो । घटनापछि प्रहरी र स्थानीयवासीले एक्स्काभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्स्काभेटरसमेत पूर्णरूपमा क्षति भएको छ ।

सम्वन्धित समाचारहरु