वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय

सन्तोष सुनार
सन्तोष सुनार
मंसिर १० गते २०८२

प्यूठान । वाइसीयल समाजवादी, युवा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनहरूको संयुक्त आकस्मिक बैठक जुम्री बसी एकता सभालाई भव्य बनाउने निर्णय समेत गरेको छ । बुधबार संगठनहरूको संयुक्त आकस्मिक बैठक जुम्री बसी एकता सभालाई भव्य बनाउने निर्णय गरेको हो । बैठकमा प्रमुख अथिति रहनु भएका कृष्णध्वज खड्काले देशको परिस्थिती अनुसार कम्युनिष्टहरु एक ढिक्का भई देशको रक्षा गर्नुको साथै संविधान बचाउन तिर लाग्नु आजको आवश्यक्ता रहेको बताउनुभएको छ । जेन्जी आन्दोलनमा सहिद भएका प्रति श्रद्धासुमन व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित सरकारले तुरुन्त क्षतिपुर्ति दिनुपर्ने समेत बताउनुभएको थियो ।

त्यस्तै बैठकमा यज्ञ बहादुर केसीले (प्रभात) ले देशमा रहेको भ्रष्टचारको उन्मुलन पारी शुसान कायम गर्नु नेपाली कम्युनिष्ट पाटीको मुख्य उदेश्य रहेको बताउनुभएको थियो । ठूलो सानो नभनी स्वच्छ देश प्रेमी तथा राष्ट्रको हितको पक्षमा हुन सबै एक ठाउँमा आएको बताउदै र बाकी अरुलाई पनि आउन डा. भोज विक्रम बुढामगरले आग्रह गर्नु भएको थियो । त्यस्तै अवको समयमा पाटीमा साठ्ठी प्रतिशत युवाहरु हुनुपर्ने युवा नेता पुस्कर शर्माले माग राख्नु भएको थियो। युवा देशको कर्णधार भएकाले योग्यता तथा क्षमताको आधारमा पाटीमा युवाहरु समावेश गराउनु पर्ने युवा नेता शर्माले आग्रह गर्नु भएको थियो ।

बैठकले आगामी मंसिर १३ गते हुने एकता घोषणा तथा सन्देश सभामा बृहत् उपस्थिति सुनिश्चित गर्न सबै संगठनहरूलाई जिम्मेवारी वितरण गरिएको जनाएको छ। साथै मंसिर २५ गते जिल्लास्तरमा र मंसिर २९ गते सबै पालिकामा आयोजना हुने एकता सभाहरूलाई भव्य र ऐतिहासिक बनाउने सहमति भएको छ ।

संगठनका प्रतिनिधिहरूले एकताबद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै सबै तह–स्तरमा सक्रिय अभियान चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्वन्धित समाचारहरु