आज तीन प्रदेशमा वर्षाको सम्भावना - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

आज तीन प्रदेशमा वर्षाको सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ २५ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । मनसुन नेपाल भित्रिएको १० दिन बितिसक्दा पनि कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। पछिल्लो तीन घन्टामा कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।त्यस्तै कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना पनि रहेको छ।

सम्वन्धित समाचारहरु