मलेखु- मुग्लिङ्ग सडक आजदेखि रातिमा बन्द हुने - Pyuthan Online
असाेज २५ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

मलेखु- मुग्लिङ्ग सडक आजदेखि रातिमा बन्द हुने

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ३० गते २०८२

काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु- मुग्लिङ्ग खण्ड आजदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

नागढुंगा मुग्लिङ्ग सडक योजनाले सूचना प्रकाशित गर्दै निर्माणाधीन बार्वाङ्ग खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसि बिम राख्न ठुलो साइजको क्रेन प्रयोग गर्नको लागि आजदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक सवारी वाहेक अन्य सवार आवागमन रोकिने जानकारी दिएको छ । 

सो समयमा मुग्लिङ्गतर्फबाट मलेखु छिर्ने भारी सवारी साधनहरु मुग्लिङ्गमा र हलुका सवारी साधन कुरिनटारमा रोकिने छ । त्यस्तै मलेखुतर्फबाट मुग्लिङ्ग छिर्ने भारी सवारी साधनहरु मलेखुमै रोकिने र हलुका सवारी साधन शितल बजारमा रोकिने जानकारी दिइएको छ । 

रोकिएका सबै सवारी साधनहरुलाइ बिहान ३ बजे पछि मात्र छोडिने र रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न अनुरोध गरिएको छ । साथै एम्बुलेन्स र सुरक्षानिकायका सवारीसाधनहरु भने निर्वाद रुपमा संचालन हुने बताइएको छ । 

सम्वन्धित समाचारहरु