दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण - Pyuthan Online
फागुन ५ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ५ गते २०८२

दैलेख, ५ असार । दैलेख जिल्लाको जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक मिथेन ग्यास रहेको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागका अनुसार चीनको चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा गरेको अध्ययन तथा ड्रिलिङको प्रारम्भिक प्रतिवेदनमा करिब १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको उल्लेख गरिएको छ ।

यो परिमाण नेपालको सन्दर्भमा ५० वर्षसम्म पर्याप्त हुने खानी तथा भूगर्भ विभागको प्रारम्भिक अनुमान छ । अध्ययनको अन्तिम प्रतिवेदन सन् २०२५ को डिसेम्बरसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

चिनियाँ विज्ञ टोलीले २०८० वैशाख २८ गतेदेखि करिब डेढ वर्षसम्म जलजले क्षेत्रमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरेको थियो । प्रत्येक मिटरको चट्टान नमुना परीक्षणका लागि चीन पठाइएको विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले जानकारी दिनुभयो । चिनियाँ टोलीले संकलन गरेका चट्टानका नमुनाबाट ग्यासको गुणस्तर, सम्भावित उत्पादन क्षमता, र वातावरणीय प्रभावसमेतको विश्लेषण गरिनेछ ।

विभागका अनुसार अब यो परियोजना अघि बढाउन नेपाल–चीनबीच उच्चस्तरीय सरकारी सम्झौता आवश्यक हुनेछ । यदि परीक्षण सफल भएमा यो ग्यास स्रोतले नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने ऐतिहासिक सम्भावना रहेको विज्ञहरू बताउँछन्। यथासक्य चाँडो व्यवसायिक उत्पादन सुरु गर्नको लागि पूर्वाधार र कानुनी प्रक्रिया तिव्र पार्ने तयारी भइरहेको विभागले जनाएको छ ।

सम्वन्धित समाचारहरु