स्वर्गद्वारी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २५ गते २०८२

बैशाख २५ गते ,प्युठान। विश्व रेडक्रस दिवसको अवसरमा स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ। विहिवार “मानवताको पक्षमा ” “ ON THE SIDE OF HUMANITY ” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसको आयोजना र स्वर्गद्वारी बहुमुखी क्याम्पसको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वःहेनरी ड्युनाको फोटोलाई माल्यार्पण गरि हाजिरी जवाफ प्रतियोगीता सुरु गरिएको हो ।

प्रतियोगितामा प्रथम स्थान विशाल थापा मगरको समूह, द्वितीय स्थान प्रार्थाना बिकको समूह र तृतीय स्थान अनिता कुमारी केसीको समूहले हासिल गरेको हो । कार्यक्रममा प्रथम , द्धितीय , र तृतीय समुहलाई नगद दुई हजार र प्रमाणपत्र , एक हजार पाचँ सय र प्रमाण पत्र र एक हजार र प्रमाणपत्र हस्तान्तरण गरिएको हो । प्रतियोगितामा ६ वटा समूह बनेका थिए।

कार्यक्रमको प्रमुख अतिथि रहेका क्याम्पस प्रमुख गुन्ज बहादुर खड्काले ज्ञानहरु आर्जन र शैक्षिक क्षेत्रमा विकास र अध्ययन गर्ने बानीको विकासमा टेवा पुग्ने बताएका थिए । विद्यार्थीहरुमा विभिन्न यस्ता अतिरिक्त कार्यक्रमहरुले एकता , व्यवस्थापन र भावनात्मकमा विस्तार हुने खड्काले धारणा व्यक्त गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसका सभापति रामप्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पसका प्राध्यापक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यार्थी केसर सुनारले गरेका थिए ।

सम्वन्धित समाचारहरु