प्युठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नो छुट्टै प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ ।
शनिवार स्वर्गद्वारी नगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक वडा न. ३ जलुकेमा रहेको धर्माशला भएको अवसरमा नगर प्रमुख टेक प्रसाद भण्डारीले प्रतिक चिन्ह (लोगो) को अनावरण गरी सार्वजनिक गरिएको प्रमुख प्रशासकिय अधिकृत केशवराज भट्टराईले जानकारी दिनुभयो ।
नगरपालिकाको निर्णयअनुसार लोगो बनाउन गत पौष ३ गते प्रस्ताव आह्वान गरिएको थियो र स्वर्गद्वारी नगरपालि २ खालको अस्मिता भण्डारीले मात्र प्रतिक चिन्ह (लागो) तयार गरि पेश गरेको हुदा उक्त लोगो नै उत्कृष्ट भएकोले सार्वजनिक गरिएको प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताउनुभयो । लोगो तयार गर्ने भण्डारीलाइ सम्मान सहित प्रमाण पत्र समेत हस्तान्तरण गरिएको स्वर्गद्वारी नगरपालिकाका सुचना अधिकारी सौन्दर्यमणी सुवेदीले जानकारी दिनुभयो ।
लोगो सार्वजनिक गर्दै नगर प्रमुख टेक प्रसाद भण्डारीले नगरपालिकाको पहिचान झल्काउने गरी पहिलो पटक आफ्नै लोगो निर्माण गरेको जानकारी दिनुभयो। लोगोमा स्वर्गद्वारी नगरपालिकाको भित्रका सास्कृतिक सम्पदा , धार्मिक स्थल , पर्यटनस्थल तथा लगायत अन्य वस्तुहरुको समावेश भएकाले अन्य बाहिरी मानिसहरुले हेरेर अवलोकन गर्न सक्ने र पर्यटन अझ धेरै भित्रीने समेत नगरप्रमुख भण्डारीले बताउनुभयो । त्यस्तै लोगोले नगरपालिकाको छवि र सौन्दर्यता छाउने उप्रमुख मिनराज रानाले बताउनुभयो ।
सार्वजनिक गरिएको लोगोको शिर्प भागमा राखिएको हिमश्रृंखला धौलागिरी हिमाल स्वर्गद्वारीबाट स्पस्ट देखिने भएकाले भौगलिक सुन्दरता पर्यटकीय महत्वलाई दर्शाउने , लोगोको केन्द्रमा स्वर्गद्वारी मन्दिर , विचमा दुई गोरु र हलो बोकेको किसानलेले नगरपालिकाको कृषि प्रधान अर्थतन्त्रलाई प्रतिनिधित्व गरेको देखिएको छ ।
बायाँ साइडमा यस स्वर्गद्वारी नगरपालिकामा उत्पादन हुने मकै धान , गहुँका बाला र दायाँ भागमा नौ वटै वडामा फुलेको लालीगुँरास राखिएको छ ।
त्यस्तै लोगोमा सारीको भुबनोट आफ्नै भवन , माडीखोला , झोलुंगे पुल , उर्वर भुमी हरियो जमिन , नगरपालिकाको नक्सा, विभिन्न जात–जातिका कला , संस्कृति तथा लोक संगितलाई मध्यनजर गर्दै मादल र बासुरी, नेवार समुदायको मुखौटा पहिचान र समृद्ध स्वर्गद्वारी , कृषि , पर्यटन र रोजगारी नारा समेत समाबेश गरिएको छ ।
आजको बैठकबाट स्वर्गद्वारी नगरपलिकाको आगामी आ.व २०८२–०८३ को बजेट तथा कार्यक्रम सर्वसहमतीले समेत पारीत भएको छ । नगर उपप्रमुख मिनराज राना मगरले कुल ९१ करोड ८२ लाख ४० हजारको बजेट स्वर्गद्वारी नगरपलिकाको १७ औ नगर सभा समक्ष पेश गर्नु भएकोमा उक्त बजेट सर्वसहमतिले स्वीकृत भएको हो ।