आज थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना - Pyuthan Online
श्रावण १५ गते २०८२
ब्रेकिङ न्यूज
राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

आज थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २२ गते २०८२

काठमाण्डौ, २२ असार ।  देशभरको मौसम आंशिक बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको छ । ताप्लेजुङ, दोलखा र नुवाकोट आसपासका एकदुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

महाशाखाका मौसमविद् डेविड ढकालका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । त्यस्तै आजराति कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र बागमती, लुम्बिनी र कोशी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।।