स्वर्गद्वारी ३ जलुकेद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई ल्यापटप हस्तान्तरण - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारी ३ जलुकेद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई ल्यापटप हस्तान्तरण

सन्तोष सुनार
सन्तोष सुनार
जेठ ३० गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.३ को वडा कार्यालयले विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका विच वडा कार्यालयले वडा भित्रका सम्पुर्ण विद्यालयका गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै, शिद्धेश्वरी आधारभुत विद्यालयमा ल्यापटप हस्तान्तरण र कक्षा ३ को वडा स्तरीय परिक्षामा सर्वोत्कृष्ट तिन विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम गरेको हो ।

कार्यक्रमले गरिवि र विपन्नताको कारण विद्यालयमा पढाई छोड्ने दर कमि ,विद्यार्थीमा पढाईमा रुचि अझ वढि जागृत , विद्यालयको तथ्यांक संकलनमा सहज विद्यालय विच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा , सामाजिक गर्दा केही सहयोग , पढाईमा हौषला मिलोस र बालबालिका पढाईमा रुचिका साथ लागुन् भन्ने उदेश्यले शिक्षकको सल्लाह सुझाव साथ कार्यक्रम गरिएको वडा अध्यक्ष कृष्ण बहादुर रोकायले बताउनुभयो । शिक्षा भनेको समाज परिवर्तन तथा जीवनमा चेतनाको विकास ल्याउने मेरुदण्ड भएकाले वर्तमान परिबेशमा बालबालिकाहरुलाई शिक्षामा जोड दिनुपर्ने वडा अध्यक्ष रोकायले प्यूठान अनलाईनलाई बताउनुभयो ।

आर्थिक अभावका कारण शिक्षाको पहँचमा बालबालिकाहरु जोडिन नसके वडाबासीहरुलाई वडामा खबर गर्न बताउदै समन्वयको मार्गमा सहयोग गर्ने समेत वडा अध्यक्ष रोकायको भनाई रहेको छ । यो स्वर्गद्वारी नगरपालिकाको नमुना काम भएको एक शिक्षकले बताउनुभयो । विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालयलाई ल्यापटप हस्तान्तरण गर्दा प्रधानाध्यापक शेर बहादुर घर्तिले वडा अध्यक्षलाई धन्यावाद दिनु भएको थियो भने विद्यार्थीहरु खुसी भएका छन ।

कार्यक्रममा वडाको प्राविधिक गोकर्ण भण्डारी ,सचिव सर्मिला राउत , शिक्षक , विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।