स्वर्गद्वारी वडा नं. ५ सारीले क्यालेण्डर विमोचन - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारी वडा नं. ५ सारीले क्यालेण्डर विमोचन

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २४ गते २०८२

बैशाख २४ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारीले वडाको क्यालेण्डर विमोचन गरेको छ । बुधबार वडाले एक कार्यक्रमको बिच नयाँ वर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरेको हो । क्यालेण्डरमा वडामा रहेका पर्यटन स्थल सारी भुवनोट ( मिनि मुस्ताङ) , मन्दिर , जनप्रतिनिधीले गरेका विकास निर्माणका काम , २०४९ साल ,०५४ साल , ०७४ साल मा निर्वाचित जनप्रतिनिधिहरू ,सरकारी निकायका विद्यालयहरू समेत समावेश गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अथिती रहेका नगरप्रमुख टेक प्रसाद भण्डारीले वडा कार्यालयले वडाको पर्यटन क्षेत्र , सरकारी निकाय तथा जनप्रतिनिधीले गरेका विकास निर्माणका कार्यहरु समेत समावेश गरी क्यालेण्डर निर्माण गरेकोमा धन्यवाद दिएका थिए । नगरपालिकाको चिनारी तथा अन्य गतिविधीहरुमा सहि तरिकाले जनसमुदायको समस्याहरुको समधान गर्नु हाम्रो दाहित्व भएकाले सधैभरी तत्परका साथ लाग्न नगरप्रमुख भण्डारीले आग्रह गरेक थिए ।

वडा अध्यक्ष गिर वहादुर घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिध , कर्माचारी , स्थानीयहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव बालारम विष्टले गरेका थिए ।

सम्वन्धित समाचारहरु