झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

शम्भु सुनार
शम्भु सुनार
असार २३ गते २०८२

प्यूठान । जिल्लाको झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूका लागि सामाजिक सुरक्षा किसान पेन्सन दिने कार्यक्रम सुरु गरेको छ।यस कार्यक्रमअन्तर्गत पेन्सन प्राप्त गर्न योग्य अगुवा कृषक लोक प्रसाद श्रेष्ठलाई आईतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष पित बहादुर महत्तरा क्षेत्रीले किसान पेन्सन कार्यक्रमको पत्र हस्तान्तरण गरेको स्वकिय सचिव मिलन याम्सीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

गाउँपालिकाले यस आर्थिक वर्षमा थप पाँच जना किसानलाई यस कार्यक्रममा समावेश गरेको छ। पेन्सन प्राप्त गर्ने अन्य किसानहरूमा झिमरुक १ का केशर बहादुर बस्नेत,झिमरुक ४ का प्रेम बहादुर पुन, नारायण बहादुर जि.सी, झिमरुक ७ का नारायण प्रसाद न्यौपाने र झिमरुक १ का शकंर प्रसाद पोख्रेल रहेका छन्। यो कार्यक्रमले कृषकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याई उनीहरूको जीवनयापनमा सहयोग पुर्‍याउने विश्वास लिइएको गाउँपालिका अध्यक्ष महत्तरा क्षेत्रीले बताउनुभयो ।

कृषि उत्पादन र जीवनमा केही न केही गर्नुपर्दछ भन्ने सोच र व्यवहारीकमा जीवन जीउन सहज वतावरण होस भनी यो कार्यक्रम सुरु गरिएको अध्यक्ष महत्तरा क्षेत्रीलेको भनाई रहेको छ ।