भारत–पाकिस्तान यद्ध ः नेपालमा उच्च सतर्कता - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

भारत–पाकिस्तान यद्ध ः नेपालमा उच्च सतर्कता

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २५ गते २०८२

२५ बैशाख ,प्यूठान अनलाईन न्यूज डेक्स ।  भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपालका सीमानाका र विमानस्थलमा सुरक्षा निगरानी थप बलियो बनाउने निर्णय गरेको छ । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको छ । भारतले पहलगाम आक्रमणमा संलग्न उग्रवादीहरूलाई पाकिस्तानको समर्थन रहेको आरोप लगाउँदै आएको छ । तर इस्लामाबादले यसको खण्डन गरेको छ । भारत र पाकिस्तानबीच फेरि बढेको सैन्य तनावले क्षेत्रीय अशान्तिको चिन्ता थपेको छ ।।

सम्वन्धित समाचारहरु