पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित - Pyuthan Online
श्रावण १५ गते २०८२
ब्रेकिङ न्यूज
राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ३१ गते २०८२

३१  असार । बेलायतको लड्समा भएको पाँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ ।

भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो । जीतसँगै इङ्ग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ ।

यसअघि बेन स्टोक्सको टोलीले भारतलाई पाँच विकेटले हराएको थियो । विदेशी भूमिमा भारतको यो दोस्रो हार हो ।

यसअघि टोली सन् १९७७ मा ब्रिस्बेनमा अस्ट्रेलियाविरुद्ध १६ रनले पराजित भएको थियो । इङ्ग्ल्यान्डले पहिलो इनिङसमा टस जितेर पहिले ब्याटिङ गर्दै १० विकेट गुमाएर ३८७ रन बनायो ।

इङ्ग्ल्यान्डका जो रुटले सबैभन्दा धेरै १०४ रन बनाए । जेमी स्मिथ र ब्रायडन कार्सले क्रमश ५१ र ५६ रन जोडे ।

भारतले पनि पहिलो इनिङ्समा १० विकेटको क्षतिमा ३८७ रन नै बनायो । केएल राहुलले १००, ऋषभ पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन बनाएका थिए ।

दोस्रो इनिङ्समा इङ्ग्ल्यान्डले १० विकेट गुमाउँदै १९२ रन बनाएको थियो । योसँगै भारतले १९३ रनको लक्ष्य पाएको थियो । तर, भारत १७० रनमै अलआउट भयो ।

भारतका जडेजाले सर्वाधिक ६१ रन जोडे । राहुल ३९ रनमा आउट हुँदा अन्य ब्याट्म्यान चल्न सकेनन् । इङ्ग्ल्यान्डका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३ विकेट लिए । 

सम्वन्धित समाचारहरु