गौमुखीद्वारा अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान - Pyuthan Online
असार २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

गौमुखीद्वारा अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ २२ गते २०८२

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकाले अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान गरेको छ । बुधबार जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गौमुखी गाउपालिका भित्र अन्तरजातीय विवाह गरेका ७८ जोडिलाई एक कार्यक्रमको विच सम्मान गरेको हो ।

समाजमा एकता हुनु विकासको गति लिनु जस्तै भएकाले सबै मानिसको काटे रगत रातो हुने भएकाले हामी एकरुपता हुनु आवश्यक रहेको गौमुखी गाउपालिकाका उपाध्यक्ष महावीर रानाले कार्यक्रममा बताउनु भएको थियो । जातीय भेदभाव तथा छुवाछूतले समाजमा नकरात्मक चेतनामा प्रभाव भएकाले यसलाई सुदृढ र उन्मुलन गर्न उक्त जोडीलाई प्रोत्सान सतिह सम्मान गरिएको उपाध्यक्ष रानाले बताउनु भयो । प्रोत्सान र सम्मान कार्यक्रमले समाजमा एकता र मिलन तथा समान हुनपर्ने समाजमा सन्देश दिएको छ ।

जातीय भेदभाव तथा छुवाछूत , लिङ्गका आधारमा विभेद कानुनकामा गर्नु हुदैन भन्ने भएपनि समाजमा व्यवहारीकमा रुपमा अझै हुन सकिराको छैन ।

सम्वन्धित समाचारहरु