मल्लरानी तेस्रो खाना महोत्सव सम्पन्न - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

मल्लरानी तेस्रो खाना महोत्सव सम्पन्न

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २ गते २०८२

बैशाख २ गते ,प्यूठान । प्यूठान तेस्रो मल्लरानी खाना महोत्सव मङ्गलबार सम्पन्न भएको छ। पहिलो दिन पानी परेको कारण केही प्रभावित भए पनि दोस्रो र तेस्रोदिन कार्यक्रममा जनमानस उल्लेखनीय सहभागिता रहेको मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए ।

मल्लरानीको सकारात्मक प्रचारप्रसार भएको, स्थानीय खानाको परिकार तथा स्थानीय उत्पादन बस्तुको बजारीकरण र प्रबर्द्धन भएको समेत श्रेष्ठले बताए । महोत्सवको दोस्रो र तेस्रो दिन कलाकार प्रचण्ड जिसी, नारायणी खत्री, बबिता गुरुङ र रितु थापाको प्रस्तुति रहेको थियो ।त्यस्तै तेस्रोदिन सन्दिप न्यौपाने र सम्झना रणपालको प्रस्तुति रहेको थियो भने स्थानीय कलाकार तथा नृत्य प्रस्तुत भएको हो।महोत्सवमा बिभिन्न सरकारी, गैर सरकारी, निजी क्षेत्रले सहयोग गरेका हुन । महोत्सवको अवसरमा बिशेष छुटमा जिपलाईन समेत संचालन गरिएको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीराम शर्मा विशेष अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसी को सहभागीता थियो । कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान तथा प्रसंशापत्र प्रदान गरिएको हो। ३ दिन सम्म संचालित महोत्सवमा करिब ५० लाख बराबरको कारोबार भएको आयोजकले जनाएको छ।कार्यक्रमलाई मल्लरानीमा नयाँवर्षको अवसरमा निरंतरता दिइएको छ।

सम्वन्धित समाचारहरु