पानी पर्ने क्रम भोलिदेखि थप बढ्ने सम्भावना - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पानी पर्ने क्रम भोलिदेखि थप बढ्ने सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ३२ गते २०८२

३२ असार ।  मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मधेशमा पानी पर्न थालेको र योक्रम भोलिदेखि थप बढ्ने सम्भावना रहेको जल तaथा मौसम विज्ञान विभागले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँ तथा अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना छ । त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान छ ।

आज कोशी प्रदेशको तराई तथा मधेश प्रदेशको केही ठाउँ हावाहरुको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ठूला तथा साना नदी र खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । पर्याप्त वर्षा नहुँदा मधेशमा रोपाइँ प्रभावित भएको छ । पानी पर्नेक्रम शुरू भएसँगै रोपाइँ थप सहज हुने अपेक्षा छ ।।