अर्घाखाँचीको धनचौरमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो - Pyuthan Online
श्रावण १५ गते २०८२
ब्रेकिङ न्यूज
राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

अर्घाखाँचीको धनचौरमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ३२ गते २०८२

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ ।

हिजो घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उहाँकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

रोजा तुसारेपानीमा गएका श्रीमान्, श्रीमती समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । गोबिन्द र श्यामकलाको शव सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सम्वन्धित समाचारहरु