२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २२ गते २०८२

काठमाण्डौ – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ । आयोजक भुटानविरुद्धसँग हिजो भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरे पनि नेपालले लामो समय अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो । भूटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन् । त्यसपछि खेलको ७० औं मिनेटमा नेपालले गोल गर्‍यो । तर असिस्टेन्ट रेफ्रीले अफ साइडको झण्डा उठाएपछि दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन ।प्रतियोगीतामा नेपालले महत्त्वपूर्ण ३ अङ्क जोड्ने मौका गुमाएको छ । नेपाल र भूटानले समान १–१ अङ्क जोडे ।यसअघि बङ्गलादेशमा भएको साफ २० वर्षमुनिको च्याम्पियनशिपमा भने नेपालले भूटानलाई ६–१ र ८–० ले हराएको थियो ।

छनोट समूह ‘ए’ मा नेपालसँगै आयोजक भूटान, साउदी अरेबिया र उत्तर कोरिया छन । समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी–२० वर्षमुनिको महिला एशियन कप खेल्नेछन ।

सम्वन्धित समाचारहरु