बिजय फुलबारीका सबै सदस्यको दुर्घटना बिमा - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

बिजय फुलबारीका सबै सदस्यको दुर्घटना बिमा

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २५ गते २०८२

प्यूठान । बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्था संस्थामा आबद्ध सबै सदस्यहरुको दुर्घटना बिमा गरेको छ । संस्थाको स्वीकृत कार्यक्रम अनुसार सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गराएको सस्थाले जनाएको छ । संस्थामा आबद्ध सदस्यहरुको दुर्घटनाका कारण हुन सक्ने भवितव्य जोखिम न्यूनीकरणमा टेवा पुर्याउन दुर्घटना बिमा गरिएको ब्यबस्थापक प्रकाश बैद्यले जानकारी दिनुभयो । संस्थाले सदस्य सेवाका लागि विभिन्न प्रभाकारी कार्यक्रम संचालन गरिरहेको सन्दर्भमा सदस्य दुर्घटना बिमा सदस्य सुरक्षाको थप महत्वपूर्ण कार्यक्रम रहेको उँहाले बताउनु भयो ।

५ हजार ८ सय सदस्य आबद्ध रहेको सस्थाले सदस्यको निधन भएको अवस्थामा २५ हजार मृत्यु राहत कोष प्रदान गर्दै आएको छ भने सुत्केरी भेटघाट ,सदस्य बिमा ,घाट खर्च सहयोग,औषधि उपचार ऋण सहुलियत अस्पतालमा छुट ,लघुबित्त कार्यक्रम ,विभिन्न उत्पादन्मुलक ऋण सेवा ,बचत संकलन जस्ता कार्यक्रमहरु संचालन गरेको छ ।

सम्वन्धित समाचारहरु