स्वर्गद्वारी नगरपालिकाद्वारा ११३३ विद्युतीय चुल्हो वितरण - Pyuthan Online
असाेज १९ गते २०८२

स्वर्गद्वारी नगरपालिकाद्वारा ११३३ विद्युतीय चुल्हो वितरण

सन्तोष सुनार
सन्तोष सुनार
श्रावण ६ गते २०८२

प्यूठान । स्वर्गद्वारी नगरपालिकाले नगरबासीहरुलाई ११३३ विद्युतीय चुल्हो वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका विच स्वर्गद्वारी नगरपालिका ४ भिगृ बजारमा रहेको कभडहलबाट नगरबासीहरुलाई ११३३ विद्युतीय चुल्हो वितरण गरिएको जिन्सी शाखा प्रमुख शोभाराम रोकाले जानकारी दिनुभयो ।

नगरवासीहरुलाई धुँवाबाट लाग्ने विभिन्न किसिमका रोगहरुबाट बच्न , प्रदुषण रहित वातावरणको सिर्जना गर्न , ग्यास र दाउराको विकल्पको रुपमा विद्युतीय चुल्होलाई प्रयोग गर्न सकिने भएकाले उक्त चुल्हो वितरण गरिएको नगरप्रमुख टेक प्रसाद भण्डारीले बताउनुभयो । विद्युतीय चुल्होको प्रयोगले धुवाँजन्य प्रदूषण घटाइ कार्बनडाइअक्साइड उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनमा सकारात्मक योगदान पुग्ने भण्डरीको भनाई रहेको छ । विद्युतीय चुल्हो नगरबासीहरुलाई ७० प्रतिशत अनुदानमा मार्फत एक हजार एक सय एक्काईस रुपैँयामा वितरण गरिएको हो ।

कुन वडामा कति वितरण विद्युतीय चुल्हो

स्वर्गद्वारी नगरपालिका वडा नं. १ कोचिबाङ –९४
स्वर्गद्वारी नगरपालिका वडा नं. २ खाल –५०
स्वर्गद्वारी नगरपालिका वडा नं. ३ जलुके –१५८
स्वर्गद्वारी नगरपालिका वडा नं.४ भिगृ –२५३
स्वर्गद्वारी नगरपालिका वडा नं.५ सारी –२५४
स्वर्गद्वारी नगरपालिका वडा नं.६ बेलबास –३५
स्वर्गद्वारी नगरपालिका वडा नं.७ सोत्रे –११८
स्वर्गद्वारी नगरपालिका वडा नं.८ बर्जिबाङ – ६९
स्वर्गद्वारी नगरपालिका वडा नं. ९ जुडापाटा – १०२

सम्वन्धित समाचारहरु