रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु - Pyuthan Online
वैशाख २७ गते २०८३

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर २९ गते २०८२

रुपन्देही। रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । भैरहवा–परासी सडक खण्ड अन्तर्गत रोहिणी गाउँपालिका वडा नम्बर ३ परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रुपन्देही प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादव रहेका छन् । बिहान ६ बजेतिर परासीबाट भैरहवातर्फ गुडिरहेको मोटरसाइकल रोकिरहेको भारतीय नम्बरको ट्रकमा ठोकिएको हो ।।

सम्वन्धित समाचारहरु