भारत उत्तराखण्डको बाढीपहिरोमा परी बेपत्ता हुने नेपालीको सङ्ख्या २२ जना पुग्यो - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

भारत उत्तराखण्डको बाढीपहिरोमा परी बेपत्ता हुने नेपालीको सङ्ख्या २२ जना पुग्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २३ गते २०८२

काठमाण्डौ – भारतको उत्तराखण्ड राज्यमा बाढीपहिरोमा परी धादिङका ४ जना पनि सम्पर्कविहीन भएका छन ।ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानीका ४ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उनीहरुको खोजी तथा उद्धारका लागि गृह मन्त्रालयलाई जानकारी गराइएको उहाँको भनाइ छ । यो सँगै उत्तराखण्डको बाढीपहिरोमा परी वेपत्ता हुने नेपालीहरुको सङ्ख्या २२ जना पुगेको छ ।

यसअघि जाजरकोटका १२ जना, बर्दियाका ५ जना, जुम्लाका १ जना सम्पर्कविहीन भएको भन्दै पालिकाहरुले खोजीका लागि सङ्घीय सरकारसँग आग्रह गरेका छन  ।

गएको मङ्गलबार आरिघोप्टे वर्षाका कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधवार पौडीगढवालमा पहिरो खसेको थियो । ती ठाउँमा मजदुरी गर्न र स्याउ टिप्न गएका नेपालीहरु बाढीपहिरोमा परेर सम्पर्कविहीन भएका हुन ।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका दूतावासले भारतीय पक्षसँग खोज तथा उद्धारको लागि समन्वय भइरहेको जनाएको छ ।यसैबीच परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले भारत उत्तराखण्डको बाढीमा सम्पर्कविहीन नेपाली नागरिकको खोजी एवम् उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिनुभएको छ ।

बाढीमा परेर जाजरकोट, धादिङ, बर्दिया र जुम्लाका नागरिक बेपत्ता भएको जानकारी आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल शुरू भएको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

हराएको भनिएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा काम गर्न दिल्लीमा रहेको नेपाली राजदूतावासलाई निर्देशन दिएको उहाँले बताउनुभयो । पराष्ट्रमन्त्री राणाले बाढीपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसहित दुःख व्यक्त गर्नुभएको छ ।

यही साउन २० गते भारत उत्तराखण्ड उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य चलिरहेको छ ।

सम्वन्धित समाचारहरु