रास्वपा सभापति लामिछानेलाई नख्खु कारागार सारीयो - Pyuthan Online
असाेज १९ गते २०८२

रास्वपा सभापति लामिछानेलाई नख्खु कारागार सारीयो

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३१ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । कारागार व्यवस्थापन विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा सारिएको छ । हिजोको निर्णय अनुसार लामछिानेलाई केहीबेर अघि काठमाण्डौ ल्याएको विभागले जनाएको छ ।

रुपन्देहीको कारागारमा लामिछानेलाई नाजुक अवस्थामा राखेको भन्दै विरोध भएपछि विभागले सारेको हो । लामिछानेले तीन महिना अघि नै आफूलाई नख्खुमा स्थानान्तरण गर्न अनुरोध गर्नुभएको थियो । पछिल्लो हप्ता सञ्चारमाध्ययमहरुमा रवि लामछिानेलाई सामान्य सुविधा पनि नदिएको, समाचार पढ्न र भेटघाट गर्न रोकेको जस्ता विषय सार्वजनिक भए पनि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको थियो ।

आयोगले लामिछानेले जेलमा आधारभूत मानव अधिकार उपभोग गर्न नपाएको बताएपछि सरकारलाई दबाब परेको हो । यस्तै रुपन्देहीमा उपचुनावको प्रचारप्रसार समेत शुरु भएकोले पनि सरकारले लामिछानेलाई सारेको हुनसक्ने राश्वपाले जनाएको छ ।

कारागार प्रशासनले रुपन्देहीमा जेलको पूर्वाधार, सुरक्षा चुनौती र कैदीबन्दीको चापका कारण लामिछानेलाई उचित सुविधा दिन नसकिएको दाबी गरेको थियो । तर नक्खु कारागारमा पनि क्षमताभन्दा धेरै कैदीबन्दी छन् । नख्खुमा सुविधा केही फरक हुन सक्ने कारागार व्यवस्था विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताउनुभएको छ ।

रुपन्देहीको सूप्रीम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ । त्यही मुद्धामा लामिछाने पूर्पक्षका लागि थुनामा रहनुभएको हो ।

सम्वन्धित समाचारहरु