आमाको सम्झनामा वडाध्यक्ष बुढाद्वारा प्रतिक्षालय निर्माण - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आमाको सम्झनामा वडाध्यक्ष बुढाद्वारा प्रतिक्षालय निर्माण

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १७ गते २०८२

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका–१ का वडाध्यक्ष बाम बहादुर बुढाले आफ्नी स्वर्गीय आमाको सम्झनामा प्रतिक्षालय निर्माण गर्नु भएको छ । आफ्नो आमा स्वर्गवास भएपनि आमा यमकली बुढा मगरको सम्झनामा लामपोखरीमा प्रतिक्षालय निर्माण गरेको वडाअध्यक्ष बुढाले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।ऐतिहासिक मानिएको लामपोखरी क्षेत्रमा तिहार पञ्चमीका दिन मेला लाग्ने र विभिन्न संघ–संस्था तथा दिदीबहीनी एवम् दाजुभाईले कुनै कार्यक्रम , बैठक , पिक्निक, तथा हिडानको थकानमा आराम , पानी आउदा ओत लागुन भन्ने उदेश्यले आमाको सम्झनामा प्रतिक्षालय बनाएको वडाअध्यक्ष बुढाले बताउनुभयो ।

उक्त प्रतिक्षालय निर्माण गर्दा करिब २ लाख ४० हजार रुपैयाँ लागेको उहाँले बताउनुभयो । प्रतिक्षालय बन्दा स्थानीय खुसी हुदै वडाअध्यक्षलाई धन्यवाद समेत दिएका छन । बुढा वडाअध्यक्षमा निर्वाचित भएपछि सामाजिक विकास , अन्यायको विरुद्धको रुपमा निरन्तर लागी रहनु भएको छ । उहाँले भन्नुभयो “ विगतमा देश र जनताको लागी बलिदानमा होमिएकाले मलाई कुनै लोपलालच नभएको वडाबासीहरुको समस्याहरुको समधान र सभ्य समाजको निर्माण गर्नु मुख्य उदेश्य रहेको छ । ”

उहाँको आमा यमकली बुढा मगरको गत वर्ष भदौ २१ गते ७५ वर्षको उमेरमा निधन भएको थियो।

सम्वन्धित समाचारहरु