सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ७ गते २०८१

काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ ।

सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १-० ले पराजित गरेको हो ।

नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टचमा गोल गरेका हुन् । जिलेस्पीले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन् । यसअघि गत नोभेम्बरमा अफगानिस्तान विरुद्ध मैत्रीपूर्ण खेलमा पनि जिलेस्पीले नेपालका लागि गोल गरेका थिए । उनले नेपालले खेलेको पछिल्लो चार मध्ये तीन खेलमा गोल गरेका हुन् । विश्वकप छनोट अन्तर्गत गत जुनमा साउदी अरेबियामा भएको यमन विरुद्धको २-२ को बराबरी खेलेमा पनि जिलेस्पीले गोल गरेका थिए ।

त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन ।

सम्वन्धित समाचारहरु