आज लुम्बिनी र कर्णालीमा भारी वर्षाः - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज लुम्बिनी र कर्णालीमा भारी वर्षाः

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १ गते २०८२

प्यूठान अनलाईन न्युजडेक्स । गएराति लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा पूर्वीनवलपरासी नवलपुरको देउरालीमा भएको छ । त्यसपछि धेरै वर्षा सुर्खेतको गोठीकाँडामा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा देउराली नवल केन्द्रमा १०९.६ मिलिमिटर वर्षा भएको छ । यसैगरी सुर्खेतको गोठीकाँडा केन्द्रमा १०१।४ मिलिमिटर वर्षा मापन भएको छ । सुर्खेतकै जम्मुमा ६२.४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै पाल्पाको अर्चलेमा ७८.२, कैलालीमा ६६।२, अर्घाखाँचीमा ५०.४ र चितवनको गोविन्दबस्तीमा ५५.८ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । तर अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले नेपालमा पानी परिरहेको छ ।

आज पनि देशभर साधारणतया बदली हुने र कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षा हुने पूर्वानुमान छ ।

सम्वन्धित समाचारहरु