प्यूठान । दाखाक्वाडी खानेपानीको अध्यक्षमा पुनः किसान धामी निर्वाचित हुनुभएको छ । शनिवार कन्याकुमारी प्रथामिक विद्यालयको प्राङगणमा भएको दाखाक्वाडी खानेपानी स्वास्थ्य शिक्षा तथा सरसफाई आयोजनाको १८ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट पुनः किसान धामी अध्यक्षा निर्वाचित भएको सल्लाहकार वेद प्रसाद पौडेलले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । त्यस्तै उपाध्यक्ष जगत धामी , सचिव मिनराज पौडेल सहित एघार जनाको कार्य समिति गठन भएको पौडेलले बताउनुभयो । सल्लाहकारमा चेतनाथ योगी , वेदप्रसाद पौडेल , र धरम पाख्रेल चयन हुनुभएको छ ।
कार्यक्रमको प्रमुख अथिती रहनुभएका लुम्बिनी प्रदेशका सासंद तुल्सिराम शर्माले विगतमा हाम्रो वस्तिमा भएको खानेपानीको अभावमा यो सञ्चालन भएपछि सहज भएको बताउदै समाज एकता हुदै अझै संरक्षण र व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी रहेको बताउनुभएको थियो । त्यस्तै विशेष अथिति रहनु भएका प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु वहादुर योगीले खानेपानी, शिक्षा , स्वास्थ्यमा नगरपालिकाले पहिलो प्रथामिकताका साथ कार्य गरेको बताउनु भएको थियो । यस खानेपानी दुखमा लिएको हुदा सबैले मनन गरी संरक्षण र व्यवस्थापन गर्नु हाम्रो कर्तव्य रहेको समेत योगीले बताउनुभयो ।
सबै ठाउँमा पुगेको तर रिची र मसेरीमा खानेपानी नपुगेको बताउदै आफ्नो कार्यकालमा व्यवस्थापन गर्ने वडा नं. २ का वडा अध्यक्ष मोहन सिंह विष्टले प्रतिवद्धता गर्नुभएको थियो । त्यस्तै खानेपानी आयोजनाका पुर्व अध्यक्ष चेतनाथ योगीले हातमा भएको औलाहरु ठूलासाना भएपनि काम सबै हुने हुदा विवादित नभई एकजुट हुदा समाजको विकास र चेतना हुने बताउदै साघुरो तरिकाले होइन सेवामुखी भएकाले अझै फराइकिलो बनाउनु पर्नेमा जोड दिनुभएको थियो । अक्सिजन पछि बाच्नका लागी आवश्यक खानेपानी भएकाले आग्रह पुर्वआग्रह नगरी सबैलाई दिनु तथा व्यवस्थापन गर्नुपर्ने सल्लाहकार जगनाथ पोख्रेलले बताउनुभएको थियो ।
यस खानेपानी हरिखोला , बेलुवा लगायत विभिन्न टोलका उपभोक्ता गरी ४ सय चौध जनाको घरमा धारा जडान गरिएको र पानी खाएका छन । यस खानेपानी आयोजनामा करिब पच्चिस लाख रुपैया रहेको छ भने खानेपानी आयोजनाको वि.स. २०५८ सालमा स्थापना भएको हो ।